२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एउटा बैंकको एटिएम कार्ड अर्कामा नचल्ने

एउटा बैंकको एटिएम कार्ड अर्कामा नचल्ने

1K
Shares

काठमाडौं-नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने बताएको छ। नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ।
नेप्स बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था हो । यसै नेर्टवर्क मार्फत् विभिन्न बैंकले कार्डसँग सम्बन्धित होस्टिङ्ग र स्विचिङ्ग गर्दै आएका छन् । अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्। जसमा ११ वटा वाणिज्य तथा ७ वटा विकास बैंक छन्।
नेप्सका अनुसार उसको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन्स इन्टरनेशनल, एनआइसी एसिया, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल, नेपाल बंगलादेश र ग्लोबल आइएमइ बैंक आबद्ध छन्।
त्यस्तै विकास बैंकमा देवस्, ज्योति, ओम, शाइन रेसुङ्गा, सांग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij