२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पञ्चकन्याले मनायो ४७ औं वार्षिकोत्सव मनायो

पञ्चकन्याले मनायो ४७ औं वार्षिकोत्सव मनायो

690
Shares

काठमाडौं–पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव एक कार्यव्रmमको आयोजना गरी मनाएको छ । सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाइल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई पनि प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे आफ्नो अनुभव बताए भने अन्य संचालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, दर्शन, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij