– काठमाडौंअर्को हप्ता देखि मास प्रिन्टरले लाइसेन्स छाप्न शुरु गर्ने भएको छ। अर्को हप्ता ४ लाख स्मार्ट कार्ड विभागमा आइपुग्ने र कार्ड आएसँगै लाइसेन्स छापाई शुरु हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘हाल विभागमा करिव ६० हजार कार्ड छ। त्यो कार्ड पुरानो मेसिनबाट छपाई भइरहेको छ। नयाँ कार्ड आएपछि मास प्रिन्टरबाट छपाई शुरु हुन्छ,’ हमालले भने। मास प्रिन्टरबाट घण्टामा ५ सय लाइसेन्स छाप्न सकिने उनले बताए।
‘हामी दैनिक ३ सिफ्ट गरेर १८ घण्टा लाइसेन्स छाप्ने योजना छ। ३ महिनामा सबै ब्याक लक (छाप्न बाकीँ) सक्ने योजना छ,’ उनले भने। हाल प्रकृया पुरा गरेका करिव ६ लाख ५० हजार चालक रसिदकै भरमा सवारी चलाउन बाध्य छन्। त्यस्तै विभागले अर्को मास प्रिन्टर खरिदका लागि तयारी थालेको उनले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij