२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टान निर्वाचनको उम्मेदवारी घोषणा

टान निर्वाचनको उम्मेदवारी घोषणा

945
Shares

काठमाडौं– आगामी भाद्र २० गते काठमाडौंमा ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रिय निर्वाचन हुँदैछ । टानको आगामी २ वर्षे कार्यकालका लागि भाद्र २० गते निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सत्तारुढ नेकपाको समर्थन रहेको थापा समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरे ।

दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दावी गरेका छन् । नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि त्यसको गुणस्तरीय सेवामा लागि पर्ने पनि बताए ।

काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारे । उनले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढि काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

आगामी भाद्र २० गते टानको ४१ औं साधारण सभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij