२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न अर्थमन्त्रीको आग्रह

उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न अर्थमन्त्रीको आग्रह

970
Shares

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको आरोप लगाएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९ को उद्घाटन गर्दे मन्त्री खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् ।
विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरेका छन् ।
उनले भने, “हाईब्रिड कार र हाईब्रिड भेइकललाई कर छुट दिन्छौ भनेर भन्यौँ । तपाईहरुले ब्याट्रीले त स्टार्ट मात्रै हुने अनि चल्दाखेरी गाडी ल्याएर भन्सारमा राखिदिनुभयो । अघि एक जनाले भन्दै हुनुहुन्थ्यो नक्कली पार्टपूर्जा पनि आए भनेर । त्यो सरकारले ल्याएको होला र ? तपाईहरुले सरकारलाई छल्ने काम नगर्दिनुहोस् । सरकार पनि इमान्दारीपूर्वक पेस हुन चाहन्छ र तपाईहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस् । ”
त्यसैगरी नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गरे ।
मंगलबार सुरु भएको नाडा अटो शो २०१९ भदौ १६ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij