एनआरएनए साउदीको उपाध्यक्षमा अन्जनीकुमार अधिकारीको उम्मेदवारी

एनआरएनए साउदीको अधिवेशन सेप्टेम्बर ६ मा हुने घोषणा गरेसँगै प्रमुख पदहरुमा दाबेदारीको सुरु भएको छ । यसै क्रममा २०१९-२१ का लागि अन्जनीकुमार अधिकारीले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेको छ ।

उदयपुर चौदण्डगडि  नगरपालिका-९ का अधिकारी साउदीको जुबेल सहरमा मार्केटीङ एजुकेटीभका रुपमा  सन्स अफ सलेह अल मघ्लोउथ होल्डिङ (SONS OF SALEH AL MAGHLOUTH HOLDING ) कम्पनीमा कार्यरत छन् । उनी भविष्य खोज्न ८ वर्षअघि साउदी अरब आइपुगेका थिए ।

अधिकारीले सन् २०१५ मे २० बाट पंजीकृत सदस्य लिएर एनआरएन साउदीमा आबद्ध भएका थिए । अधिकारी छोटो समयमा नै २०१६ मा क्षेत्रीय समन्वय समिति पूर्व क्षेत्रका सचिवमा निर्वाचित भएका थिए । उनले कम्पनीमा कामको चाप बढेको भन्दै २०१७ अगष्ट २० मा सचिवबाट राजीनामा दिएका थिए ।

स्कुले जीवन देखि नै सामाजिक कार्यहरू गर्न उत्साहित हुने अधिकारी बताउँछन् । आफू एनआरएनएको उपाध्यक्ष भएमा दूतावास र साउदीमा रहेका नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा नेपाल सरकारले गरेको न्यूनतम १३ सय मासिक तलबको घोषणालाई कार्यन्यन गर्न लागिपर्ने प्रतिबद्धतासहित उम्मेदवारीको घोषणा गरेको उनले स्पष्ट पारे।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology