२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

७ वटा नगर बस सञ्चालनमा ल्याउँदै नेपालगञ्ज उपमहानगर

७ वटा नगर बस सञ्चालनमा ल्याउँदै नेपालगञ्ज उपमहानगर

820
Shares

नेपालगञ्ज-नेपालगञ्ज उपमहानगरपालिकाले ७ वटा नगर बस सञ्चालनमा ल्याउने भएको छ। उपमहानगरले गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत गरिबी निवारण कार्यक्रमलाई सफल बनाउन ७ वटा सुविधायुक्त सवारी सञ्चालनमा ल्याउन लागेको हो।
बसबाट भएको आम्दानी सबै गरिबी निवारण कार्यक्रममा खर्चिने उपमहानगरले जनाएको छ। चालक र सहचालकलाई सरकारले तोकेको बमोजिम सुविधा उपमहानगरले दिनेछ।
उक्त नगर बसमा चालक जनजाति र सहचालक महिलालाई राखिने उपमहानगरले जनाएको छ। चालक पाइसके पनि सहचालकको लागि भने सूचना जारी गरिएको उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले जानकारी दिए। यी बस अबको १५ दिनभित्र सञ्चालनमा आउने मेयर राणाले बताए। नेपालगञ्ज, कोहलपुर, गाईघाट, बेतनी, मिलनचोक लगायतका रूटमा बस चल्नेछ।
‘यी बसहरू सञ्चालन गरेरपछि राम्रो भए थप्ने विचार गर्नेछौं’,मेयर राणाले भने। विद्यार्थी, अपांग, जेष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij