हुण्डाई एक्सचेन्ज योजना शुरु

काठमाडौं – नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखि एक्सचेन्ज योजना ल्याएको छ।

साउन २३ गतेसम्म चल्ने यव योजना बिहान १० बजेदेखि साभाँको ६ बजे सम्म चल्ने छ। यसमा १५ हजार बरावरको र एक्स्चेन्ज बोनस १ लाख ५० हजारसम्म साथै ४ बर्षको फ्री सर्भिसिङ र ३ वर्षको वारेन्टी हुने छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक श्री रुपेश शर्मा भट्ट भन्नुहुन्छ – ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको र यो कार्यक्रम त्यसकै निरन्तरता भएको कम्पनीले बताएको छ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology