युवाकाे सुरक्षित भविश्यकाे लागि करियर टक 

 

काठमाडौ-सुरक्षित भविश्यकाे लागि युवाले चाल्नुपर्ने उचित कदमलाई शिक्षा प्रदायक संस्था प्लाटाेनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानिमा करिअर टक आयाेजना गरेकाे छ । कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका विद्यार्थीलाई लक्षित गर्दै आयाेजना गरिएकाे थियाे । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तिय संस्था, पर्यटन, सुचना तथा संचार प्रविधि (IT) का साथै प्रेरणात्मक तथा अात्मविश्वास कसरी मजवुद बनाउदै अघि धढ्ने भन्ने विषयमा कार्यक्रमका वक्ताहरुले आफ्नाे भनाई राखेका थिए । कार्यक्रममा ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  मनाेज ज्ञावलीले व्यवस्थापन संकायका विभिन्न क्षेत्रकाे जानकारी दिनुका साथै आत्मविस्वास र मेहनत गरेकाे खण्डमा आफ्नाे उदेश्य प्राप्त गर्न सकिने ज्वलन्त दृष्टान्त प्रस्तुत गरेका थिए । आफ्नाे सफलताकाे उदाहरण दिदै उनले सफलताका लागि अहिले देखिनै प्रशस्त मेहनत गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै नेपाल टुरिजम बाेर्डका बरिष्ठ व्यबस्थापक सुनिल शर्माले टुरिजममा भविश्य खाेज्न चाहने युवाका लागि प्रशस्त अवसर रहेकाे बताउनु भयाे । नेपालकाे सकरात्मक पक्षलाई अात्मसाथ गरि सामाजिक सञ्जालमा सकृय रहेर नेपाललाई विश्वसामु चिनाउन सम्पुर्ण युवाहरुलाई उत्प्रेरित गर्नुभयाे । कार्यक्रममा युवा हास्य कलाकार सुजन जिम्वा, नेपाली जादुगर महादेव त्रिपाठीका साथै विभिन्न युवा कलाकारहरुकाे उत्कृष्ट प्रस्तुति रहेकाे थियाे । राजधानिका विभिन्न कलेज साथै संघ संस्थाकाे सहभागितामा अायाेजित कार्यक्रममा प्लाटाेनिक एजुकेशनका प्रबन्ध निर्देशक  अजय महतले साे कार्यक्रम युवाहरुले आफ्नाे भविश्य निर्धारण गर्न र सकारात्मक साेचका साथ अगाडि बढ्न प्रभावभारी रहेकाे बताउनु भयाे । कार्यक्रममा व्यबस्थापन संकायमा +2 सकेका करिब ५०० विद्यार्थीहरु सहभागी थिए ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology