काठमाडौं – जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आजको देशभरका नदीकोहरुको अवस्था र बाढीको पूर्वानुमानसहितको सूचना जारी गरेको छ ।
शुक्रबार बिहान ७ बजे गरिएको पूर्वानुमान अनुसार प्रमुख तथा मझौला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, बाग्मती बबई लगायत नदीहरुमा बहाब स्थिर रहेको छ । भने, कन्काई, कमला लयायतका नदीहरुमा बहाब बढ्ने क्रममा रहेको छ । पूर्वानुमान अनुसार नदीहरुमा बहाब सतर्कता तह भन्द तलनै हुनेछ ।
आज कोशी, नारायणी, कर्णाली नदी तथा यसका सहायक नदीहरुमा बहाब सामान्य रुपमा बढ्दो क्रममा हुनेछ । महाकाली र यसका शाखा नदीहरुमा बहाब उल्लेख्य बढ्ने तर सर्तकता तह भन्दा तलै रहनेछ ।
यसैगरी, इलाम, झापा, मोरङ, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, स्याङजा, कास्की, लमजुङ, गोरखा, कैलाली, कञ्चनपुर, दाङ, सुर्खेत, डडेलधुरा लगायतका आसपासका जिल्लाका चुरे र पहाडबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
श्रावण १०
आगामी ३ दिन मुख्य नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने,
आज र भोली ईलाम,झापा,मोरङ,धनकुटा,दोलखा, रामेछाप, सिन्धुली,स्याङजा, कास्की,लमजुङ, गोरखा,कैलाली,कञ्चनपुर,दाङ,सुर्खेत, डडेलधुरा र आसपास केही साना खोलामा आकस्मिक बहाव को संभावना, तटिय क्षेत्रमा सतर्क रहौ @NEOCOfficial pic.twitter.com/hTN9U6uILu— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 26, 2019
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij