२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निता ढुंगानाको आइटम गीत रिलिज (भिडियोसहित)

निता ढुंगानाको आइटम गीत रिलिज (भिडियोसहित)

1.5K
Shares

काठमाडौं – नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको आइटम गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । मिना निरौलाको आवाज रहेको क्या बात छ… बोलको गीतमा शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ ।
गीतमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
चलचित्र साइनो यहि साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
अहिले साइनोले प्रचारप्रसारलाई समेत तिव्र बनाएको छ । मुलधारका नेपाली चलचित्र बन्न नसकेको बेला प्रदर्शनमा आउन लागेको यो चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij