गुल्मीमा पहिरोले घर पुर्दा ६ को मृत्यु, ५ बेपत्ता

गुल्मी – सोमबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा ६ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता भएका छन् । सत्यवती ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ९ जना मध्ये ४ जनाको शव फेला परेको छ भने ५ जना बेपत्ता छन्। गाउँपालिकाको वडा नम्बर ३ मा पनि पहिरो जाँदा स्थानीय ३० वर्षिय तिलकुमारी तरामु र उनका १० वर्षिय छोरा दर्शन तरामुको मृत्यु भएको छ । मङ्गलबार बिहान ४ बजे घरमा सुतीरहेको अवस्था माथिबाट पहिरो झरी तीन घरहरु बगाएर करिब ५० मिटर तल पुराएको थियो ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology