श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति खुलाको निर्देशन माग गर्दै आए पनि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो दिएको छैन ।
अघिल्लो संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले २०७२ चैत २० गते दिएको निर्देशनपछि मन्त्रालयले पुनः श्रमस्वीकृति बन्द गर्दा विभिन्न मुलुकमा रहेका नेपाली घरेलु कामदार प्रभवित भएको भन्दै मन्त्रालयले खुलाउने निर्देशन माग गर्दै आएको हो ।
समितिले तीन वर्षअघि ‘सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित कानुन ठोस रूपमा नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म’ खाडी मुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णतः बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij