२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिबियाबाट फर्केकाहरूले भने– ’अध्यागमनकै सेटिङमा उडेका थियौं’

लिबियाबाट फर्केकाहरूले भने– ’अध्यागमनकै सेटिङमा उडेका थियौं’

1.4K
Shares

मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ ।

सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा खाडीका देश जान सरकारले कडाइ गरे पनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए । यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् ।

चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’ दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए ।

घिमिरेले काठमाडौंमा रहेका एजेन्ट लोकमान राईलाई सम्पर्क गराइदिएको र विमानस्थल अध्यागमनको सबै सेटिङ राईले नै मिलाइदिएको अधिकारीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij