२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महन्तले बेचे अर्बौं रुपैयाँ पर्ने मठमन्दिरको जग्गा

महन्तले बेचे अर्बौं रुपैयाँ पर्ने मठमन्दिरको जग्गा

860
Shares

एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन् ।

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेका छन् । उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य तीन अर्ब २३ करोड रुपैयाँ पर्छ ।

नागरिकलाई प्राप्त कागजातअनुसार जगन्नाथले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ । चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिब तीन अर्ब र रुपन्देहीको जमिनको मूल्य करिब २३ करोड पर्छ ।

मन्दिरका गुरु कौशल किशोरको मृत्युपछि उनका चेला जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। गुठी संस्थानको हेलचक्र्याइँका कारण महन्तले सरकारी जमिनमा रजाइँ गर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेल र सुरेश यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij