२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

670
Shares

काठमाडौं – प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जस्ता प्राकृतिक विपक्तिको कारण देखाँउदै बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
सूचनामा भनिएको छ “आज मिति २०७६ साल असार ३० गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तीमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, वेपत्ता परिवारको खोजी , उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगम समेत गर्न माननयि सदस्यहरुलाई आ आफ्नो क्षेत्र जिल्लामा जान समय दिनुपर्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुख ज्यूले अर्को बैठक २०७६ साल साउन ८ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij