काठमाडौं – मनोविद्, अधिवक्ता, कलाकार तथा अध्यापक नानी थापा अब व्यवसायी पनि भएकी छन् । नानीले काठमाडौमा आफ्नै व्यवसाय सुरु गरेपछी उनको पहिचान थपिएको हो ।
नानीले आफ्नो जन्मदिनको अवसरमा अनामनगरमा नयाँ व्यवसाय सुरु गरेकी हुन्। ‘युनिफेसन’ नामको नानीको बुटिक व्यवसायको शनिबार विभिन्न क्षेत्रका ९ जना महिलाहरुले संयुक्त उद्घाटन गरे ।

प्रतिनिधिसभा सासद नबिना लामा, नायिका श्वेता खड्का, गायिका सुनिता दुलाल, समालोचक, डा.बिन्दु शर्मा, रङ्गकर्मी शिर्जना सुब्बा, पत्रकार मन्दिरा ढुङ्गेल, लोग्शरी कुँवर, फेसन डिजाइनर रोजिना श्रेस्ठ,अधिकारकर्मी भूमिका श्रेष्ठ, अधिबक्ता निशा बानिया र आमा लिला थापाले संयुक्त उद्घाटन गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij