२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस सांसदले अनिवार्य फेसबुक, ट्वीटर चलाउनुपर्ने

कांग्रेस सांसदले अनिवार्य फेसबुक, ट्वीटर चलाउनुपर्ने

1K
Shares

काठमाडौं- कांग्रेसका सांसदहरुले अनिवार्य रुपमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरुलाई सामाजिक सञ्जालको प्रयोग गर्न निर्देशन दिइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।
सामाजिक सञ्जाल अपडेट गराइराख्न कांग्रेसले शनिबार काठमाडौंमा सांसदका सहयोगीलाई प्रशिक्षणसमेत दिने भएको छ। संसदीय दलको कार्यालयमा प्रशिक्षण चल्ने कांग्रेसले जनाएको छ।
पार्टीका गतिविधिबारे छिटो प्रवाह गर्न सामाजिक सञ्जाल प्रयोग गर्न लगाइएको खाणको भनाइ छ।

सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापालगायत कांग्रेसका केही नेता सामाजिक सञ्जालमा सक्रिय भए पनि अधिकांश नेताले सामाजिक सञ्जाल नियमित अपडेट गर्दैनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij