काठमाडौं – जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।
काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij