२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका सिंहको परिवारलाई १० लाख दिने

सरकारले सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका सिंहको परिवारलाई १० लाख दिने

1.3K
Shares

काठमाडौं- गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने बताए ।
गत असार १५ गते सर्लाहीको बाँकेमा प्रहरीको गोली लागेर सिंहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij