धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङ छन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो। लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुग्दा उनी ८ बोरा गाँजासहित फेला परेका थिए। उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही थालिएको गजुरी प्रहरीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij