२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

795
Shares

काठमाडौं- नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक हुने भएको छ । सम्मेलन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा २७ साउनदेखि काठमाडौंमा हुनेछ ।

सम्मेलनमा मुख्य प्रायोजक भएबापत आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मंगलबार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवालाई उद्यमी बनाउन सकिने बताए । सम्मेलनमा उद्यमशीलतामा रुचि राख्ने युवा, विद्यार्थी, नयाँ युवा उद्यमी, लगानीकर्ता, विज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० वर्षभित्रका करिब ३ हजार युवा उद्यमीको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij