२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंक र खल्तीबीच सहकार्य

लुम्बिनी विकास बैंक र खल्तीबीच सहकार्य

800
Shares

काठमाडौं– लुम्बिनी विकास बैंकले खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । बैंकले डिजिटल वालेट सुुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग सहकार्य गरी सेवा सञ्चालनमा ल्याएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका निर्देशक ध्रुव अधिकारीले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहकार्यसँगै बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैंकिङमार्फत खल्ती डिजिटल वालेटमा फन्ड लोड गर्ने सुविधा पाउनेछन् । खल्ती वालेटमार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी तथा मेबाइल रिचार्र्जलगायत भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij