२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक एक्विजिसन गर्दै

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक एक्विजिसन गर्दै

1K
Shares

काठमाडौं- प्राइम कमर्सियल बैंकले काठमाडौंमै केन्द्रीय कार्यालय रहेको कैलाश विकास बैंकसँग प्राप्ति (एक्विजिसन) गर्ने भएको छ  । शुक्रबार दुई बैंकबीच एक्विजिसनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले  एक्विजिसनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । ग्रामीण क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने तथा सुदृढ र सबल बैंक बन्ने उद्देश्यले एक्विजिसन गर्न लागेको प्राइमका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्राइमले कैलाश विकास बैंकलाई प्रतिसेयर ९४ रुपैयाँ अर्थात् सेयर स्वाप रेसियो १००ः९४ हुने गरी एक्विजिसन गर्न लागेको तथा  एक्विजिसनपछि बन्ने बैंकको नाम प्राइम कमर्सियल बैंक नै रहने एवं व्यवस्थापनसमेत प्राइमकै रहने बताइएको छ ।
कैलाशलाई प्राप्तिपश्चात् प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १ सय ८९ हुने बताइएको  छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij