पोखरा – गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) प्रवेश गरेका छन् । बिहीबार बिहान उनीसँगै विप्लव समूहका माछापुच्छ्रे गाउँपालिकाका संयोजक पुष्प कार्की नेकपा प्रवेश गरेका हुन् ।
उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् । मनाङेलाई टीका लगाउँदै र नेकपाको विधान हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरेका थिए । मनाङे र कार्कीलाई पार्टीमा प्रवेश गराएपछि मुख्यमन्त्री गुरुङले देशको विकास र जनताको पार्टी भएकाले अन्य क्षेत्रमा अलमल नगरी नेकपामा आवद्ध हुनुपर्ने बताए ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे नेकपाकै सहयोगमा प्रदेशसभामा विजयी भएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij