२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कोरियन भाषा परीक्षामा १२ हजार पास : अझै सीप परीक्षण गर्नुपर्ने

कोरियन भाषा परीक्षामा १२ हजार पास : अझै सीप परीक्षण गर्नुपर्ने

1.5K
Shares

वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ ।
परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।
रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ । यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ जनाले परीक्षा दिएका थिए ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij