काठमाडौं – नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । प्रताप दास र जीना रसाइलीको आवाज रहेको कुन मायाको साइनो… बोलको गीतमा शब्द राजेश कुमार श्रेष्ठ र संगीत एलिश कार्कीको छ ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्रलाई रमेश थापाले निर्देशन गरेका छन् ।
चलचित्र साइनो २०७६ को साउन २४ गते प्रदर्शन हुनेछ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij