काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ ।
बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अख्तियारको सम्पर्कमा रहिरहेका हरुको नाम सूचीमा नराखिएको र उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइनेछ ।
अख्तियारका अनुसार फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij