प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा असार २६ गते

काठमाडौ-प्रभु लाइफ इन्स्योरेन्सले असार २६ गते साधारण सभा गर्ने भएकोे छ । कम्पनीको असार ४ गते बसेको ४८ औं बैठकको निर्णय अनुसार असार २६ गते होटल याक एण्ड यत्ति दरबारमार्गमा दिउँसो ३ बजे गर्ने भएको हो ।
साधारण सभा साधारण सभामा २०७४ ७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव राखिएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology