काठमाडौं -रकम नै नभएको बैंक खाताको चेक काटी ऋण भुक्तानी गरेका प्रमोद कुमार खड्का बैंकिङ कसुरमा जेल चलान भएका छन्।
बैंकिङ कसुरमा उनलाई पाटन अदालतले दोषी ठहर गरेको थियो। उनलाई एक महिना जेल र २३ लाख रुपैयाँ जरिवानाको फैसला भए लगत्तै उनी फरार थिए।
तारकेश्वर नगरपालिकाका खड्काले प्रशान्त जैसवालबाट आर्थिक व्यवहार मिलाउन भनी २३ लाख रुपैयाँ ऋण लिएका थिए। सो रकम भुक्तानीका लागि उनले रकम नभएको एसबिआई बैंकको खाताबाट चेक दिएका थिए।
सो चेक भुक्तानी नभई फिर्ता भएपछि जैसवालले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले दोषी ठहर गरेपछि फरार भएका उनलाई आज केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरी कारागार चलान गरेको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij