काठमाडौं – एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा एनसीसी भिसा क्रेडिट कार्डको सुरुवात गरेको छ। यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटिएम, पिओएस मेशिन मार्फत सामान वा सेवा लिन सकिने छ। साथै इएमभीमा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको बैंकको भनाइ छ।
हाल बैंकले १२० शाखा, ८१ एटिएम मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij