२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा छुट

लुम्बिनी विकास बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा छुट

1.2K
Shares

काठमाडौं- लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।
सम्झौतामा लुम्बिनी विकास बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरे। यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन्। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखाबाट सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij