२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकद्धारा २४ बालबालिकालाई सहयोग

हिमालयन बैंकद्धारा २४ बालबालिकालाई सहयोग

1.3K
Shares

काठमाडौं–हिमालयन बैंकले नागार्जुन न.पा.—५, सीतापाईलास्थित आदेश्वरमा रहेको “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुक्ताहरु तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो । बैंकका महाप्रबन्धकसुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।

देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ ।

बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij