२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंक लिमिटेडको नयाँ शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको नयाँ शाखा सुर्खेत र लम्कीमा

1.4K
Shares

काठमाडौँ – सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले उद्घाटन गरे ।
सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धितर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे । सुर्खेत र लम्कीशाखा सहित सिभिल बैंककोे शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij