२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बर्जर पेन्टले ल्यायो नयाँ उत्पादन वेदरकोट लङ्ग लाइफ

बर्जर पेन्टले ल्यायो नयाँ उत्पादन वेदरकोट लङ्ग लाइफ

1.4K
Shares

काठमाडौं– बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)ले अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित उच्चकोटीको बर्जर वेदरकोट लङ्ग लाइफ बजारमा उपलब्ध गराएको छ ।
पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट हो । ‘घामपानी छेक्छ, १० वर्ष टिक्छ’ भन्ने नारा सहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।
बर्जर नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको छ । बर्जर वेदरकोट लङ्ग लाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौैं वर्षसम्म कायम राख्छ भनें चर्को घामबाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्दछ ।
त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउँछ भनें रङ्गको आयु लम्बाउँछ, साथै रङ्गलाई सधैं नयाँ जस्तै बनाइराख्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij