२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जासुसीको आरोप लागेका इजिप्टका पूर्व राष्ट्रपतिको अदालत परिसरभित्रै मृत्यु

जासुसीको आरोप लागेका इजिप्टका पूर्व राष्ट्रपतिको अदालत परिसरभित्रै मृत्यु

840
Shares

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको अदालत परिसरमा नै मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ । सन् २०१३ मा सेनाले ‘कू’ गरेर उनलाई सत्ताच्यूत गरेको थियो ।
खबरका अनुसार अदालतको कारवाहीपश्चात् उनी बेहोस भएका थिए, त्यसपछि उनको उनको मृत्यु भयो । उनी ६७ वर्षका थिए । मुर्सीमाथि जासुसीको आरोप थियो । उनको कार्यकालको एक वर्षपछि जन–आन्दोलन सुरु भएको थियो त्यसपछि उनलाई हिरासतमा लिइएको थियो । त्यसपछि अधिकारीले उनी र मुस्लिम ब्रदरहुडका समर्थकविरुद्ध अभियान सुरु गरेका थिए । मुर्सीसँग सम्बन्धित मामलाको सुनुवाई राजधानी काहिरामा चलिरहेको थियो । उनीमाथि प्यालेस्टिनी इस्लामी समुह हमाससँग सम्बन्धित भएर जासुसी गरेको आरोप थियो ।
उनलाई एउटा पिंजडामा ल्याइएको थियो र अदालतलाई सम्बोधन गरेपछि उनी बेहोस भएका थिए । इजिप्टको सरकारी वकिलका अनुसार मेडिकल रिपोर्टमा मुर्सीको शरीरमा चोटको कुनै पनि निशानी भेटिएको छैन । जेलमा बन्द मुर्सीको स्वास्थ्यबारे निकै अघिदेखि चिन्ता व्यक्त गरिएको थियो । गत वर्ष अक्टोबरमा उनका कान्छा छोरा अब्दुल्लाले एपी समाचार एजेन्सीसँगको कुराकानीमा उनका पितालाई एक्लै राखिएको र उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारमा कुनै ध्यान नदिएको बताएका थिए ।
पाँच महिना अघि अब्दुल्लाले वासिङ्टन पोष्ट पत्रिकाको सम्पादकीयमा भनेका थिए कि ‘इजिप्टको प्रशासन उनलाई चाँडोभन्दा चाँडो मरेको हेर्न चाहन्छ, उनको मृत्यु प्राकृति देखाउनका लागि उनीहरु यसो गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij