काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शहीदहरूको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दाबी बताए ।
सोमबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताए।
अध्यक्ष दाहालले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने नेकपाको लक्ष्य भएको बताएका छन्।
‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रष्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ, प्रचण्डले भने,‘कतिपय मानिसहरू त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन्, तर हाम्रो पार्टीको दुवै धारका नेताहरूले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैं शताब्दीको जनवाद दुबैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ।’
आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानु पर्ने पनि प्रचण्डले दोहोर्याए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij