काठमाडौं – तारागाउँ रिजेन्सीद्धारा सञ्चालित पाँचतारे होटल हायात होटलका कर्मचारीहरु सेवा–सुविधा कटौतीको विरोधमा केही दिनदेखि आन्दोलनमा रहेका छन् । होटल व्यवस्थापनले कर्मचारीहरुको माग सम्वोधन गर्नुको साटो होटल नै बन्द भएको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको छ ।
कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन् । गत जेठ ३० गतेदेखि ‘गैरकानुनी’ हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम–कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको उनको पत्रमा उल्लेख छ ।
होटलको सेयर सोमबार ३२१ रुपैयाँमा कारोबार भएको छ । ३१९ रुपैयाँ प्रतिकित्ताबाट शुरु भएको कारोबार एकपटक ३१६ मा झरेको थियो भने ३२२ सम्म पुगेको थियो । उतारचढावका बीच तारागाँउको सेयर मूल्य २ रुपैयाँ अर्थात ०.६३ प्रतिशतले बढेर ३२१ रुपैयाँमा बन्द भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij