२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको अध्यक्षमा राणा चयन

कुमारी बैंकको अध्यक्षमा राणा चयन

990
Shares

काठमाडौं – कुमारी बैंकको विषेश साधारणसभाले अमिरप्रताप राणालाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त साधारणसभाले पाँच सञ्चालक समिति कायम भएको छ । यस अघि सञ्चालन निर्वाचनका विषयमा उच्च अदालत पाटनमा परेको रिट अन्तिम टुङ्गो नलागेकाले स्थगित गरिएको सञ्चालन निर्वाचन शुक्रबार विशेष साधारण सभाले गरेको हो ।
एक जना महिला सहित संस्थापकबाट २ र सर्वसाधारणबाट २ गरी चार सञ्चालक निर्वाचन गरेको बैंकले विद्यमान एक स्वतन्त्र सञ्चालक गरी पाँच सञ्चालक समिति कायम गरेको हो ।
संस्थापकतर्फबाट अमिर प्रताप ज.ब. राणा र कृष्ण प्रसाद ज्ञवाली र सर्वसाधारण समूह तर्फबाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीलाई शुक्रबार सम्पन्न विशेष साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो । विद्यमान स्वतन्त्र सञ्चालकमा प्रा. डा. गणेश प्रसाद पाठक रहेका थिए । नवनिर्वाचित सञ्चालक र विद्यमान स्वतन्त्र सञ्चालक सहित आजै बसेको बैठकले आगामी कार्यकालका लागि अमिर प्रताप ज.ब. राणालाई अध्यक्षमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij