२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस टिन एसईई २०१९ का प्रतिस्पर्धीले देखाए प्रतिभा

मिस टिन एसईई २०१९ का प्रतिस्पर्धीले देखाए प्रतिभा

2K
Shares

काठमाडौं – स्टार वान इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेष्ठ ३२ गते राजधानी हुने मिस टिन एसईईका प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्।
पाँचौ संस्करणको मिस टिन एसईइ २०१९ का स्पर्धीहरुले प्रतियोगिता अन्र्तगको ट्यालेन्ट शोमा आ आप्mना प्रतिभा प्रदर्शन गरेका हुन्। प्रतिस्पर्धी सुन्दरीहरुले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए। आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाका अनुसार यो ट्यालेन्ट शोबाट मिस ट्यालेन्टलगायत अन्य उपउापधि विजेता चयन गरिनेछ र यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिनेछ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ, प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, स्वीकृती पराजुली, कृती सिंखडा, सोफिया प्रसांइ, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिहरु हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिईरहेका छन् ।
प्रतियोगिता बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, संम्राट प्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा सम्पन्न हुनेछ । ट्यालेन्ट शोमा फिल्म निर्देशक राजु अधिकारी, कोरियोग्राफर लिगेश लिलाधर भट्टराई र अभिनेत्री कस्मता निरौला निर्णायक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij