काठमाडौं- सरकारले अष्ट्रेलिया लगायत चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन,बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो ।
बैठकले अष्ट्रेलिया का लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij