काठमाडौं – काठमाडौंको अत्तरखेलमा प्रहरीले डकैती मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । पाँचथर फिदिमका छिरिङ लामालाई शुक्रबार दिउँसो दुई राउण्ड गोली हानी नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।
लामाको समूहले गत २६ भदौ २०७५ मा कलंकीको मनी ट्रान्सफरबाट एक लाख ७० हजार लुटेका थिए । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए ।
प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij