काठमाडौं – चौतारी लघुबित्त संस्था र आरम्भ लघुबित्त संस्था एक आपसमा गाभिने भएका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रममका बीच दुवै वित्तीय संस्थाका अध्यक्षहरुले एक आपसमा गाभिने सहमति गरेका हुन्।
कार्यक्रममा चौतारी लघुवित्त संस्थाका अध्यक्ष जगतबहादुर पोखरेल र आरम्भ लघुबित्तका अध्यक्ष दीपक तिवारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
दुवै संस्था गाभिएपछि नयाँ संस्थाको नाम आरम्भ चौतारी लाघुबित्त वित्तीय संस्था हुने भएको छ। बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुबित्त संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रहेको छ भने आरम्भको चुक्ता पुँजी ६ करोडको छ।
आरम्भ लघु बित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । दुवै संस्था एक आपसमा गाभिए पछि कुल चुक्ता पुँजी २४ करोड ६० लाख हुने भएको छ।
गाभिए पछि ३० जिल्लामा रहेका ७७ शाखाले काम गर्ने भएका छन्। दुवै संस्था गाभिए पछि केन्द्रीय कार्यालय बनेपामा रहने भएको छ । पछिल्ला केही वर्ष यता नेपाल राष्ट्र बैकले समान उद्देश्य भएको वित्तीय संस्था गाभिन अनुरोध गर्दै आएको छ । गाभिएका दुवै संस्थाको आगामी ३ महिना भित्र दुवै बित्तिय संस्थाको संयुक्त कारोबार संचालनमा आउने जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij