नेपाल आयल निगमले पेट्राेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागूहुनेगरी निगमले मूल्य घटाएको हाे। निगमले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको उपनिर्देशक विनिमणी उपाध्यायले जानकारी दिए। उनका अनुसार अवदेखि
काठमाडौंको(थानकाेट डिपाेकाे १५ कि.मि. परिसर सम्म) पेट्रोलकाे नयाँ खुद्रा विक्री मूल्य ११० रुपैयाँ हुने छ। खाना पकाउने ग्यास,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij