२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वरिष्ठ हास्यकलाकार दिन्यारको निधन

वरिष्ठ हास्यकलाकार दिन्यारको निधन

890
Shares

एजेन्सी- भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी लामो समयदेखि बिरामी थिए । दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ ।
सन् १९६६ बाट करियरको सुरुवात गर्ने दिन्यारलाई विशेषगरी बाजीगर, ३६ चाइना टाउन, खेलाडी, बादशाहजस्ता फिल्मका लागि चिनिन्छ । उनले विभिन्न टेलिभिजन शोमा पनि काम गरेकी थिइन् । दिन्यारले आफ्नो करियर थिएटर आर्टिस्टको रुपमा गरेका थिए । उनी हिन्दी र गुजराती नाटकमा धेरै काम गर्दथे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij