करिब एक हजार नेपाली बिध्यार्थी इन्टरनेशनल इन्सिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्राली (एआइबीटी इन्टरनेशनल) र नेपालीको स्वामित्व रहेको हार्बर इन्टरनेशनल कलेजको नसिंङ निकायलाई अस्ट्रेलियन स्कील क्वालीटी एथोरोटी(आस्क्वा)ले दर्ता खारेजी गर्ने निर्णय गरेको छ । अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्वन्धित निकायले माथिल्लो निकायमा पुनरावोलकन गर्ने अधिकार भने रहन्छ ।
यसरी पटक पटक नेपाली बिध्यार्थीहरुको संख्या अधिक भएका यस्ता कलेजहरुको दर्ता खारेजीले उनिहरुको भबिष्यमाथिनै खेलवाट गरेको देखिन्छ । एआइबीटी र एआइबीटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुइ भिन्ना भिन्नै कलेज हुन । अर्को दुइ नेपाली मुलका अस्ट्रेलियन मातृका बिमली र सुमन भेटवालको स्वामीत्वमा रहेको हार्बर इन्टरनेशनल कलेजको पनि नसिंङ निकाय खारेजीमा परेको छ ।

यसै बिच कलेजका अन्य संकायहरुमा भने यस निर्णयले कुनै असर गर्ने छैन । यस निर्णय बिरुद्ध पनि कलेजले उच्च निकायमा अपील गर्न भने पाउने छ ।यसमा पनि करिब चार सय नेपाली बिध्यार्थी रहेका छन । खारेजीपछि भर्खरै डिप्लोमा अफ नर्सिङ थालेका र महंगोमा सर्टिफीकेट फोर पढेका बिध्यार्थीहरु अलमलमा परेका छन । उनिहरु खोरेजीको निर्णयसंगै आफ्नो पढाइ र भबिष्यको चिन्तामा मढारिएका छन । हामीले दुइ हजारपनि पढन सकिने कोर्सलाई अठार,बिस हजार डलर तिरेर पढन आयौ,अहिले कलेजको नसिंङनिकायनै खारेजीमा परेको सुन्यौ ,यो जिम्मा कसले लिने ,एक बिध्यार्थीले बताए । कमिशनको चक्करमा थुप्रै नेपाली एजेन्टहरुले हार्बरमा सयौ बिध्यार्थी भर्ना गराएका थिए भने अहिले उनिहरु सरकारको दोष दिदै पन्छीने काम गर्दैछन । जुन कलेजको पुर्वाधार र शैक्षिक मापडन्ड बलियो र शसक्त छैन,त्यसमा छानी छानी नेपाली बिध्यार्थीहरु पठाउनुको कारण के हो त , ती बिध्यार्थीले सुनाए ।
यस अघि डिप्लोमा अफ नर्सिङ पढने नाममा सम्वन्धित निकायको सम्वन्धननै प्राप्त गर्न नसकेको अर्को कलेजमा पढेको हजारौ नेपाली बिध्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थीतीमा पुन सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि पुन हजारौ बिध्यार्थीको भबिष्य अन्यौलमा परेको छ । यतिखेर झन्डै पचास हजारको हाराहारीमा नेपाली बिध्यार्थी अस्ट्रेलियामा अध्यनरत रहेका छन । एआइबीटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहा अध्यनरत हजारौ बिध्यार्थीको भबिष्य के हुने भन्ने बिषय पुन सोचनिय बनेको छ । यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा बिध्यार्थीहरु रुमल्लीरहेका छन । बिदेश जाने रहर,हतारमा निर्णय र गलत सुचना प्रवाह र नैतीक जिम्मेबारीताको कमी अनि अस्ट्रेलियन शैक्षिक नितीका कमजोरीका कारण अस्ट्रेलियामा सुन्दर भबिष्यको खोजिमा उच्च अध्यनका लागि आएका हजारौ नेपाली बिध्यार्थी अन्यौलमा परेको स्पष्ट देखिन्छ ।
पछिल्लो पटक सरकारले एन्म्याकको सम्वन्धन बिना डिप्लोमा अफ नसिंङ पढाउन नपाउने निर्णय गरेपछि भने नया आउने बिध्यार्थी एनआइबीटीजस्ता समस्यावाट मुक्त भएका थिए । अब पुनश्च एआइबीटी इन्टरनेशनल जस्तो खारेजीकोचपेटामा पर्न थालेपछि अबका दिनमा कस्ता शैक्षिक संस्थाहरुमा पढन आउने भन्ने बिषय निकै महत्वपुर्ण बनेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij