२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तेस्रो ‘हिमालयन ट्राभल मार्ट’ हुँदै

तेस्रो ‘हिमालयन ट्राभल मार्ट’ हुँदै

1.2K
Shares

काठमाडौं– हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ६ देखि ९ तारिखसम्म काठमाडौंमा हुने भएको छ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन वोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन, नेपाल च्याप्टरले मार्टको आयोजना गर्न लागेको हो ।
काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा ४१ देशका ७ सय प्रतिनिधि ल्याएर मार्टको आयोजना गर्न लागिएको पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए ।
नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन् २०१७ बाट सुरु भएको हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन प्रवद्र्धनमा अत्यन्तै सहयोगी सिद्ध भएको नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए । विभिन्न देशका ट्राभल ब्लगर, पत्रकार तथा क्रेता र विक्रेताहरु सहभागी हुनेछन् । यस वर्ष विभिन्न देशका ३८ जना ट्राभल ब्लगर तथा मिडिया प्रतिनिधिलाई मार्टमा सहभागी गराई नेपालबारे प्रचारप्रसार गर्न लगाइएको छ ।
अहिले विभिन्न देशका ट्राभल ब्लगर तथा सञ्चारकर्मीहरु नेपालको ७ स्थानमा फाम ट्रिपमा सहभागी भइरहेका छन् । उनीहरुले मार्टमा आफ्नो ट्राभल अनुभव सुनाउँदै नेपालबाट फर्केपछि नेपालबारे प्रचारप्रसार गर्नेछन् ।
त्यसैगरी कार्यक्रममा ३० देशका ट्राभल क्रेता तथा नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्डबाट ५४ वटा ट्राभल्स विक्रेताहरुको सहभागिता रहेको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि यो मार्टले महत्वपूर्ण भूमिका खेल्ने पनि आयोजकले बताएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउन मार्टको भूमिका महत्वपूर्ण रहने छ ।
मार्ट सञ्चालन गर्न करिब ६ करोड रुपैयाँ खर्च हुने आयोजक पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए । करिब ६ करोड रुपैयाँ खर्च हुने भएपनि नेपाल सरकारले भने करिब २ करोड रुपैयाँ मात्रै खर्च गर्ने छ । बाँकी ४ करोड भने विभिन्न होटल, ट्राभल व्यवसायी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आदिले सहयोग गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij