काठमाडौं – कामना सेवा विकास बैंकले प्रदेश नं. १ मा थप दुई शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको विराटनगरस्थित धरान रोडमा र सुनसरीको इटहरी चोकमा शाखा विस्तार गरेको हो ।
यससँगै बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने प्रदेश नं. १ मा ७ वटा शाखा विस्तार भएका छन् । बैंकका ३९ वटा एटीएम पनि संचालनमा रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij