काठमाडौं– भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्स संस्करणमा आयुष के. सी. र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन्।
२० हजारभन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै आयुष र प्रितम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा आयुष ले ‘क्रिमिनल’ फ़िल्म को कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ बोलको गीत गाएका थिए। भने प्रितमले ‘हम दिल दे चुके सनम’को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए ।
उनीहरु दुवैले चर्टबस्टर्ड परफर्मेन्स दिएका थिए । आयुष र प्रितमको गायनले जुरी टिम र जजहरुलाई स्टेजसम्म तानेको थियो । निकै राम्रो प्रशंसा बटुलेका आयुष र प्रितमको अन्तत फाइनल यात्रा सुरु भएको छ ।
आयुषले ५ वर्ष देखि सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसँग संगीत सिक्दै आएका थिए । इटहरीका प्रितम आचार्य पनि पहिलो सुरशाला जुनियर आइडलको पहिलो संस्करणका फाइनलिस्ट मध्यका एक हुन् । प्रितम इटहरीकै विश्व आदर्श स्कूलमा अध्ययनरत छन्। नेपालमै २ बर्ष अगाडि भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणका जुनियर आइडल आयुष केसी भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा कक्षा ७ माअध्ययनरत छन् ।
https://youtu.be/1qY54KIATHw
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij