रहस्यमयढंगले धर्म प्रचारक विश्वविद्यालयसँग फेरि सम्झौता

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विशवविद्यालयसँग फेरि सम्झौता गरेको छ ।
त्रिविले उक्त विशवविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा ९एमओयू० मा हस्ताक्षर गरेका हुन् ।
‘त्रिवि उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ,’ त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने, ‘पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो । जसमा अध्ययन, अनुसन्धानजस्ता बुँदागत कार्यक्रम छन् ।’
काङनाम विश्वविद्यालयले डेढ दशकअघि त्रिभुवन विश्वविद्यालयसित ‘विशेष आवश्यकता शिक्षा’ ९स्पेसल निड्स एजुकेसनरएसएनई० का निम्ति समझदारी गरेको थियो । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत कीर्तिपुरमा सञ्चालित एकवर्षे बीएड कार्यक्रममा पठनपाठन गराइएको थियो । विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्ति दिइएको थियो । उक्त विश्वविद्यालयबाट हरेक वर्ष कोरियाका विद्यार्थी र अन्य गरी सय जनाभन्दा बढीको टोली नेपाल भ्रमणमा आउने गर्थ्यो । कोरियाली टोलीले केही दिन काठमाडौंमा औपचारिक कार्यक्रम गर्ने र त्यसपछि पोखरा भ्रमण गर्ने भन्दै दुर्गम गाउँमा पुगेर धर्म प्रचार गर्थ्यो । धर्म प्रचार गरेको पुष्टि भएपछि अवधि नपुग्दै त्रिविले उक्त विश्वविद्यालयसित सम्झौता तोडेको थियो ।
अहिले सम्झौता भएको कार्यक्रम त्रिविको कुन संकायमा सञ्चालन हुने भन्नेबारे आफूलाई जानकारी नरहेको कार्यकारी निर्देशक धमलाले प्रस्ट्याए ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology